रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

.

काठमाडौं – रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

देवदह नगरपालिका-५ पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान्-श्रीमतीको शव फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए ।

कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा छ । बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख सारुले बताए ।