आलटाल नगरी एमसीसी पारित गरौं : बाबुराम भट्टराई

.

काठमाडौं – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् भन्दै आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका हुन् । सबै एकमुख भएर जनतालाई बुझाउन आह्वान गर्दै उनले एमसीसी प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस् भनेका छन् ।

‘एमसीसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्! ’