ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ

.

काठमाडौं-प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई पक्राउ गरेको छ । यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

यसअघि ४ जनालाई पक्राउ गरिएको थियो । योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ । उनीहरुलाई भिडियोका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

 

 

 

पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।