वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’लाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वकै लागि एउटा खुला स्टुडियोका रूपमा व्याख्या गर्नुभएको हो । काठमाडौं फिल्म फेस्टिभलको मञ्चबाट बोल्दै वरिष्ठ कलाकार आचार्यले चलचित्र क्षेत्रलाई थप व्यावसायिक र गौरवमय बनाउनुपर्नेमा जोड दिनुभयो । […]
सञ्चारमाध्यममाथि प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रिय समितिको सर्कुलरअनुसार महासङ्घका जिल्ला शाखाहरूले गरेको विरोध कार्यक्रमअन्तर्गत जनकपुरधाममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमा प्रवेश गरी प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने बताएका छन् […]