शरद ऋतुको सफा निलो आकाश, मन्दमन्द बगिरहेको चिसो सिरेटो र खेतबारीमा पहेँलपुर झुलेका धानका बालाहरू । अनि त्यही आकाशमा चञ्चल भएर चराझैँ तैरिरहेका रंगीबिरंगी चङ्गाहरू । नेपालीहरूको महान चाड बडादशैँ भित्रिएको सबैभन्दा सुन्दर, मौलिक र जीवन्त संकेत यही हो । कुनै समय काठमाडौं उपत्यकाका हरेक घरका कौसी र छतबाट गुञ्जिने चङ्गा चेटको आवाज आजभोलि शहरका […]
विजयदशमीको आठौँ दिन अर्थात महाअष्टमीका अवसरमा जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको राजदेवी मन्दिरमा दर्शनार्थीको जनसागर ओइरिएको छ । राजा जनककी कुलदेवीका रूपमा पुजिने राजदेवी माताको दर्शन र प्रसाद चढाउन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू यहाँ जम्मा भएका छन् । महाअष्टमीको अवसरमा माता राजदेवीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ […]