लोकप्रिय बन्दै विनोद शाहीको डेब्यु अभिनय र निर्देशन (भिडियो)

.

काठमाडौं। लामो समयदेखि बिदेशमा रहेर आफ्नो पेशामा अब्बल मानिएका जुम्लाका विनोद शाही स्वदेशमै फर्किए र आफुसंग भित्र रहिरहेको अभिनय कला र सृजनालाइ दर्शक माझ पस्किदै यसैमा केहि गर्ने सोचेर कर्णबाघ प्रोडक्सनको स्थापना गरेर अघि बढ्ने बिचार गरेर उनले पहिलो प्रस्तुतिको रुपमा ‘अन्त नसरे’ बोलको गीतलाइ निर्माण गरे जव गीतको सार्वजनिक भए पछि आपुले पाएको हौसलाबाट उनी थप अझै केहि गर्ने सोचमा अघि बढेका छन् ।

उनले बुधबार राजधानीमा एक भब्य समारोह आयोजना गरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहित सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लगायत कर्णाली प्रदेशका बुद्धिजीवी ,पत्रकार लगायतको बाक्लो उपस्थितिमा गीतको अडियो तथा भिडियो सार्वजनिक गरे तब उनको चर्चा एकाएक बढ्यो । चर्चित सर्जक दीपक शर्माको शब्द,संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वरमा तयार पारिएको छ ।

गीतको म्युजिक भिडियोको पर्दर्शन गरे पछि प्रमुख अतिथी मन्त्री शाही लगायत राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि यस्ता कला र सस्कृतिको मतत्वपूर्ण भूमिका रहेको भनी उनको प्रसंशा गरे जसमा विनोद शाहीको निर्देशन र अभिनय रहेको छ । पहिलो कामबाट हौसिएका विनोदले कर्णालीको बिकासको लागि विभिन्न डकुमेन्ट्री र चलचित्र समेत निर्माण गर्ने बिचारमा लागेका छन् । अब उनले छिट्टै आफ्नो नयाँ प्रोजेक्ट जुम्लाको बारेमा बनाइएको डकुमेन्ट्रीको रिलिज र फिल्मको घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । विनोदलाइ नयाँ कामको लागि हार्दिक बधाई एबम शुभकामा हाम्रोतर्फ बाट ।