ए मेरो काठमान्डू
तिम्रो मन कति निष्ठुरी ।
तिम्रो तिर्खा मेटाउने
गाउँकै पानी हो
गाउँलेले फलाईदिए
तिमीले खाने हो
गाउँबिना बांच्दैनौ त
केको चुरीफुरी
ए मेरो काठमान्डू
तिम्रो मन कति निष्ठुरी ।
तिम्रो फोहोर फाल्नलाइ गाउँ नै चाहिन्छ
गाउँ जस्तो मनकारी कहाँ पाइन्छ
लाज छैन अझै तिमीलाई छ्या छ्या कुरी कुरी
ए मेरो काठमान्डू
तिम्रो मन कस्तो निष्ठुरी ।
सडक पेटी छेउछाउ
हेरी राख्छौ हान्ने दाउ
कहाँ छर गरीवलाइ
तिम्रो काठमान्डूमा ठाउँ
गाउँ दिदि शहर बहिनी नबढाउ तिमीले दूरी
ए मेरो काठमान्डू
तिम्रो मन कस्तो निष्ठुरी ।
कवि : ओम थपलिया