काठमाडौं -विवादको कारण नेपाली काँंग्रेसले थप मन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायणप्रसाद एनपी साउद भने परराष्ट्र मन्त्री बन्ने भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले नेपाल न्यूज बैंकलाई बताए
प्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन् ।भोलि आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रम पनि तय भइसकेको छ ।
कांँग्रेसले अन्य मन्त्रीको नाम भने पछि पठाउने भएको छ । शेखर कोइराला र गगन थापा समूहले सरकारको सहभागितामा सम्मानजनक स्थान खोजेपछि काँग्रेसको तर्पmबाट नाम पठाउन ढिलाई भएको हो ।