दन्त स्वास्थ्य परिक्षण शिविर सम्पन्न

.

काठमाडौं – ओम चाबहिल डेन्टल हस्पिटल चाबहिल कोटेश्वर शाखा , गोट्ठाटार महिला साकोस र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को संयुत्त आयोजनामा एकदिने नि: शुल्क दन्त परिक्षण स्वास्थ्य शिविर बुधबार काठमाडौं गोट्टाटार वडा नम्बर ८ को कार्यलयमा सम्पन्न भएको छ ।

 

 

शिविरमा १२० जनाको दन्त परिक्षण गरिएको ओम चाबहिल डेन्टल हस्पिटल चाबहिल कोटेश्वरका संचालक कृष्ण घिमिरेले जानकारी दिए ।

 

 

दन्त सम्मस्या भएर पैसा नभएर उपचार गर्न नसक्ने नागरिक हरूलाई घरमा पुगेर उपचार गर्न उद्देश्यका साथ दन्त परिक्षण शिविर आयोजना गरिएको र आगामी दिनमा समेत यसलाई निरंतरता दिए घिमिरेले बताए ।

 

चाबहिल डेण्टल हस्पिटल र कोटेश्वर शाखाले यसभन्दा अघि पनि नेपालका विभिन्न पहाडी तथा दुर्गम जिल्लामा नि: शुल्क दन्त परिक्षण स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

 

२०७५ सालबाट आफ्नो सेवा सुरु गरेको ओम चाबहिल डेण्टल हस्पिटलले चाबहिल र कोटेश्वर शाखा मार्फत दक्षय चिकित्सक सहितको गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।