काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा लिखित गीतहरुको संग्रह ‘जिन्दगीको तरेली’ सार्वजनिक भएको छ ।
शनिबार राजधानीमा गीतहरुको संग्रह ‘जिन्दगीको तरेली’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्व प्रधानन्याधीश श्रेष्ठले आफुलाई अब पूर्व प्रधानन्यायाधीशको परिचय मञ्जुर नभएको बताए ।
उनले भने ‘ विर्सिदिनुस् म आफै पनि विर्सन चाहन्छु म विस्मृतिको प्रयासमा छु र विस्मृति सायद मेरो यात्रा हो । मलाई अब यो स्मरणहरु बोझ लाग्न थालेको छ । त्यसैले पनि परिचय फेर्ने प्रयासमा छु । ’
गीत सार्वजनिक कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित सर्जकहरुको उपस्थिति रहेको थियो ।