काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विभिन्न संगठनले भुटानी शरणार्थी प्रकरणका दोषिमाथि कारवाही हुनुपर्ने माग सहित काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
शुक्रबार काठमाडौंको माइतीघरबाट सुरु भएको प्रर्दशन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागिले भ्रष्ट्राचारीलाई कारवाही गर्न माग गरेका थिए ।
¥यालीपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले नक्कली शरणार्थी प्रकरणको दोषिलाई कारबाही हुने दाबी गरे ।
माओवादी युवा संगठन वाइसीएलका अध्यक्ष सुवोध श्रीपालीले, विना श्रम भ्रष्टाचार गरेरै शानदार जीन्दगी विताईरहेकाहरुलाई कानूनी कठघरामा ल्याउनु पर्ने बताए ।
अहिलेको सरकारले भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरेर ऐतिहासिक काम गरेको उनको तर्क छ ।
कार्यक्रममा सहभागि अन्य नेताले पनि सरकारको प्रयास सकरात्मक भएको भन्दै खुट्टा नकमाउन सुझाव दिए ।