नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। नेकपा एमाले केन्द्रिय कार्यालय च्यासल ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो।
वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिनेछ।