ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

.

ग्रिसको राष्ट्रिय प्रशारक इआरटीले बिहीवार दिउँसो थेसाली क्षेत्रमा दुई वृद्ध महिलाको शव फेला पारेसँगै बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीवार साँभmसम्म मृत्यु हुनेको उक्त संख्या ५ पुगेको बताइएको छ । मध्य ग्रिसमा यस हप्ता आएको भीषण वर्षाका कारण जनधनको ठूलो क्षति भएको बताइएको छ । यसअघि बिहीवार बिहान ग्रिसका नागरिक संरक्षण तथा जलवायु संकटमन्त्री भासिलिस किकिलियासले चार जनाको मृत्यु भएको बताउनुभएको थियो । अन्य ६ जना अझै बेपत्ता भएको बताइएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र थेस्लीका कम्तिमा ६४ जना बाढीमा फसेका छन् । हालसम्म देशभरबाट ८३० जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।