तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव सुरु , कात्तिक २५ गतेसम्म संचालन हुने

.

काठमाडौ -स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुलको आयोजनामा तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव बुधबारबाट सुरु भएको छ ।

 

महोत्सव कार्तिक २५ गते शनिबार सम्म चल्नेछ । ९ वटा राष्ट्रको सहभागिता रहेको महोत्सवमा थियटर कलाकारहरुले तयार पारेका नाटकहरु हरेक दिन ३ सोका दरले प्रस्तुत हुने कुरा विद्यालयले जनाएको छ ।

 

नाटक महोत्सवको उद्द्घाटन बुधबार संगीत नाट्य प्रतिष्ठानका पुर्व उपकुलपति तथा वरिष्ठ कलाकार हरिहर शर्माले गर्नुभएको हो । महोत्सवको विषेश अतिथिको रूपमा प्रोफेसर डाक्टर सावित्री मल्ल कक्षपती र रंगमञ्च क्षेत्रका लेखक तथा निर्देशक अषेश मल्लको सहभागीता गरेको थियोे ।

अन्य अतिथिहरुमा थियटर निर्देशक तथा लेखक बिजय बिष्पोट , कलाकारहरु भोलाराज सापकोटा ,कमल मणि नेपाल लगायतका कलाकारहरुको सहभागिता रहेको थियो । कात्तिक २५ गतेसम्म संचालन हुने महोत्सवमा – भारत, नेपाल, बाङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्याण्ड, श्रिलङ्का, इजरायल र थाइल्याण्ड थियटस कलाकारहरुको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ ।

 

नाटक महोत्सव आयोजना गर्नुको उद्देश्य भनेको विभिन्न देशका नाट्य कलाकार जमघटका साथै बिश्व शान्ति स्थापना आपसी मेलमिलाप भावना जगाउने, विश्व भाईचारा स्थापित गर्ने, विविधतालाई सम्मान साथै देशको पर्यटनमा सहयोग गर्ने एउटा महत्वपूर्ण माध्यम पनि बन्नेमा आफू ढुक्क रहेको नाटक महोत्सव निर्देशक टंक चौलागाईले विश्वास व्यक्त गर्नुभयो।

 

महोत्सवमा नेपालबाट स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुलका कलाकारहरुले तयार परेको नाटकका साथै अन्य पाँच विद्यालयले तयार परेका नाटकहरु प्रस्तुत हुने विद्यालयबाट महोत्सवकि संयोजक मोहन कुमारी कटवालले बताउनुभयो । महोत्सवमा बिभिन्न देशका १२ वटा नाटक प्रस्तुत हुनेछन्।

 

विद्यालयकि प्रवन्ध निर्देशक तथा नाटक महोत्सव समारोहकि अध्यक्ष मिना महर्जनले “विश्वमा देखिएको अशान्तिले भविष्यका कर्णधार वालबालिकाहरु युद्धबाट नराम्ररी प्रभावित भैराखेको अवस्थामा ‘बालबालिकाहरुको लागि शान्ति’ “नाराको साथ नाटक महोत्सव आयोजना गरिएको” बताउनुभयो।