जानुका थापा पुनको नयाँ गीती एल्बम ‘निरन्तरता’ सार्वजनिक (भिडियो)

.

 

अहिलेका चर्चित गायकहरु प्रमोद खरेल, सागर आले, राम भक्त जोजिजु, स्वरुपराज आचार्यले स्वर दिएको गीती एल्बम ‘निरन्तरता’मा ५ वटा गीत समाबेश गरिएको छ।

 

एल्बममा रहेका पाँचवटै गीतहरु फरक फरक शैलीमा रहेको गायिका जानुका थापा पुनले जानकारी गराइन्। उक्त एल्बममा रहेका पाँच गीत मध्ये ३ गीतको म्युजिक भिडियो पनि तयार भएको छ। जसमध्ये अहिलेलाई‘लाहुरै जाने बेलैमा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ भने बाँकी भिडियो बिस्तारै सार्बजनिक गर्दै जाने उनले बताइन्।

‘लाहुरै जाने बेलैमा’गीत छुट्टीमा आएको लाहुरे प्रेममा परि छुट्टि सकिए पछि आफ्नो प्रेमिकालाई छोडेर जानु पर्दाको प्रसङ्ग निकै मार्मिक ढंग बाट प्रस्तुत गरिएको छ। उक्त गीतलाई नेपाली मौलिक पनको कौडा शैलीमा प्रस्तुत गरिएको छ।

 

गीतमा हरि लम्सालको शब्द,संगीत जानुका थापा पुन र सागर आलेको आवाज रहेको छ भने अञ्जली अधिकारी र बिक्रम थापा मगरको अभिनय हेर्न सकिन्छ। भिडियोलाइ युवराज वाइबाले निर्देशन गरेका छन्।