नवराज लामाको पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको छ ।
आईतवार काठमाडौंमा एक कार्यक्रमबीच लामाको आफ्नै जीवनमा आधारित पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको हो । लामाले आमाको हातबाट पुस्तक विमोचन गराउनु भयो । उहाँको पुस्तकमा आफूले बाल्यकालमा देखेका र भोगेका कुराहरु र कैलाश मानसरोवरका बारेमा देखको कुराहरुलाई पुस्तकमा उतार्नुभएको छ । साथै पुस्तकमा आमाले गर्नुभएको संघर्ष पनि छ । अंग्रेजी भाषामा लेखिएको पुस्तक मा लेखक लामाले आफ्नो जीवनको अनुभुतिहरु समेट्नुभएको छ । कार्यक्रममा सहभागी समालोचकहरुले लेखकलाई सानै उमेरमा जीवन, मृत्यु र जन्मले पिरोलेको कुराहरु भने पुस्तकमा नखुलाइएको बताए । —न्युज एजेन्सी नेपाल