बाहुनले राँगाको मासु किन नखाने ?

.
तर, एकैछिन मलाई “हाकु, हाकु मात्रै होइन, कहिले काही अर्को किसिमको ठट्टा गर्ने गर्थे मेरो “माइलो मामा” रमाइलो गर्ने बानी जो छ,वहाँको ! मलाई बेलामा भन्ने गर्थे उनी “तिमीहरू घरमा वली दिने बाहुनको घरमा बोका, र खसी मात्रै किन बेलामा ठूलो खसी खाए पनि केही फरक पर्दैन, बुझिस् बाबु। हेर, तेरो घर छेउको डिल्लीबजारको बगरेले ठूलो खसी मिसाइ हाल्छ होला मासुमा बेला बेलामा, तलाई के थाह”। ऊ बेलामा रु पाँचमा एक धार्नी राँगा(१२ पाउ) मासु पाउँथ्यो, खसी रु दुई को एक पाउ, कुखुराको मासु बेच्ने चलन थिएन ! त्यो भयो, जवानाको कुरा, अहिले को कुरा गरेर के साध्य। अहिले कुरामा यो वाक्य चाहिँ म नेवारीमा नै लेखिदिन्छु ” ब्रम्हु न छौ किलो खसी ला झिंग्यासा हया पुलुपुलु सोया चोन, में या ला म्यासा ला ” अर्थात् बाहुनहरु रु १५०० किलोको खसीको मासु टुलु टुलु हेरेर बस्छ, जबकि रु ५०० मा राँगा पाइन्छ ” ! कुरो ठीक हो, तर के गर्नु बाहुनको जिब्रोमा यो राँगाले कहिले विग्रह लेरायो, अचम्म छ बा !
कुखुरो अनन्तोगतव्वा हामी बाहुनको कौशीको भान्छामा छिर्नु नै थियो। मेरो घरको कुरा बेग्लै छ। यता पण्डित “रोहिणी प्रसाद”को बुहारी “वत्सला देवी”ले हामी बिरामी हुँदा अक्कल झुक्कल अण्डा बारीमा ढोड बालेर उमालेर हामीलाई खुवाएको याद छ। ती कुखुराको अण्डा बिस्तारै हाम्रो घरको भान्छाको बाहिरको कौसीमा अमलेटको परिकार परिणत भए। तर एक दिन रमाइलो हुनु नै थियो! कहाँ कुखुरो बाहिर सधैं पकाउने भन्ने सुर गर्दा गर्दै मैले मेरी आमालाई एकदिन फ्याट भनिदिएँ! “मामी, अब सधैं बाहिर पकाएर किन बोझ लिने! यी अण्डा दिने कुखुरालाई हाम्रो घरको पण्डितजी लाई बोलाएर जनै लगाइदिए भइगयो नी भने पछि, कुखुरो र अण्डा दुवै नै कौसीमा चली गयो! त्यो रित अहिले सम्म जारी छ। तर मेरी आमाले कहिले पनि कुखुरोको मासुलाई हात लगाइनन, सायद उनले पकाई दिएको भए त्यो परिकार अझ मिठो हुन्थ्यो होला! उनले पकाएको खसीको मासुको स्वाद अहिले सम्म ताजा छ। के गर्नु, यो मेरो नसिव, उनको नश्वर शरीर आखिर स्वर्गको प्यारा भई गयो।
तर मेरो बाजे रोहिणी ले मेरो “बा”लाई यस्तो भन्ने गर्थे रे ! ए “दिनेश, त यो कुरा बुझ्,लम्फु! सुन, सत्ययुगमा गुरु बशीष्ठको आश्रममा गुरु बाल्मीकी आउने भए छन्! अनि गुरुलाई स्वागत गर्न गुरु वशीष्ठ आफ्नो चेलाहरूलाई यस्तो भन्दा भए रे ! आज गुरु बाल्मीकी लाई स्वागत गर्न “सानो बाच्छा काटेर सोम रस समेत राखेर राम्रो भोजन तैयार गर्नु” ! खोइ यो कुरा कति सत्य छ, अब धर्म शास्त्र पल्टाएर हेर्नु पर्ला ! तर कुरा यस्तो रैछ ” मनु स्मृतिमा खान पिनमा केही पनि पथरहेज रैनछ। तर आठौ सताब्दीमा याज्ञबल्क ले बाहुनले सात्विक, क्षेत्रीले राजसीक र अरू बाँकीले आफ्नो अनुकुल मिलाएर तामसिक भोजन गरे हुन्छ भने पछि यी सारा खानपिनको बर्गीकरण भएको हो रे, है कुरा बुझि लिनुहोस ! अब मेरो कुरा बुझ्न चाहनु हुन्छ भने, कलेज मा पढ्दा रु १० मा दुई प्लेट ठूलो खसीको मम धेरै हजम गरियो ! उता  IIT Roorkee  मा पढ्दा रुडकीको क्यानल पारी रु पाँचमा एक किला ” राँगाको मासु” पाउँनै हुँदा पुरै बाल्टिन “राँगाको मासु ” लेराएर सारा परीकार खाइयो। अब यो “राँगाको मासु ” मेरो भान्छामा चढाउन कुनै दिन यसलाई पनि जनै लगाइदिनु पर्ला , जय शम्भो , कतै विग्रह नपारिदिनु है !