२०८१ जनालाई सीप मुुलक तालिम दिने काठमाडौ महानगरको योजना अन्य ७५२ स्थानीय तहले सिक्नुपर्छः संस्थापक अध्यक्ष कटुवाल

.

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले काठमाडौंका मेयर बालेन शाहले शिप मुलक तालिम दिएर साह्रैै राम्रो काम गरेको बताएका छन् ।
उनले मुलुकमा समृद्धि ल्याउनको लागि सबै स्थानीय तहले काठमाडौं महानगरले जस्तो सिप मुलुक तालिमको व्यवस्था गरी स्वरोजगार बनाउन आवश्यक रहेको बताए । संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरले मुलुकमा बढ्दो बेरोजगारीलाई कम गर्नको लागि गरेको प्रयास प्रशंसा योग्य रहेको बताए ।

उनले काठमाडौंलाई मात्रै नभएर मुलुकलाई नै दक्ष सिप युक्त जनशक्ति आवश्यक रहेको भन्दै यस्ता सिप मुलुक तालिम आवश्यक रहेको बताए ।
उनले विगत लामो समय देखि मुलुकमा व्यवसायीक तालिमको व्यवस्था राज्यले गर्नु पर्ने माग राख्दै आएको भन्दै त्यो देखिने काम काठमाडौं महानगरले गरेको बताए ।

उनले भने,‘विगत लामो समय देखि मैले सरकारसँग बारम्बार माग राख्दै आएको थिए । सिपमुलुक तालिम राज्यले युवाहरुलाई दिनुपर्छ । त्यो काम केन्द्र सरकारले अहिलेसम्म गरेन । काठमाडौं महानगरका मेयरले गरेर देखाए । त्यो प्रशंसा योग्य छ।’
उनले सरकारले विनियोजन गरेको बजेट सदुपयोग गर्दै जनताले देख्ने गरी, पारदर्शी हुने गरी काठमाडौ महानगरले काम गरेको बताए । संस्थापक अध्यक्ष कटुवालले ७५३ वटै स्थानीय सरकारहरुले यस्तै कार्यक्रम गर्नु आवश्यक रहेको बताए । उनले सबै स्थानीय तहले यस्तो कार्यक्रम ल्याउन सके स्थानीय तहमा नै युवाहरु बेरोजगार भएर विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने गर उद्योगहरुमा दक्ष जनशक्तिको अभाव पनि नहुने बताए ।

काठमाडौंमा जारी सिप मेलाको अवलोकनपछि संस्थापक अध्यक्ष कटुवालले काठमाडौका मेयरले नमुना काम गरेको उल्लेख गरे । उनले काठमाडौ महानगरले २०८१ सालमा २०८१ जनालाई सीप मुुलक तालिमको अन्य ७५२ पालिकाले सिक्नुपर्ने उल्लेख गरे ।