रूसले गर्‍यो युक्रेनमा अस्थायी युद्धविराम

.

काठमाडौं – रुसले रुसले युक्रेनमा आक्रमण गरेको दश दिनमा अस्थायी युद्धविरामको घोषणा गरेको छ।

 

 

युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो।

 

 

यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउने रूसी  समाचार संस्था स्पुतनिकले जनाएको छ।