यस्तो देखियो क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन (फोटोफिचर)

.

काठमाडाैँ । क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन आजदेखि महोत्तरीको बर्दिवासमा आयोजना सुरू भएको छ।

महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी रहेको महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्ने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।