थाइल्याण्डको राजधानीमा बीम भत्किँदा ५ जनाको मृत्यु

.

बैंककमा निर्माणाधीन एक्सप्रेसवे पुलको कंक्रीटको बीम भत्किँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । लगभग २४ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिवार बताएका छन् । रामा रोड नजिकै यो घटना भएको हो । कामदारहरूले बीममा सिमेन्ट खन्याइरहेका बेलामा बीम भत्किएको हो । दुई जना अझै बेपत्ता भएको रिपोर्ट गरिएको छ । उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई नजिकैको अस्पताल पठाइएको छ । कामदारहरूले धेरै सिमेन्ट खन्याइरहेका कारण भार बोकेको एउटा बीम फुटेको अनुमान छ । अधिकारीहरूले नजिकैको सडक अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेका छन् । भत्किनुको कारणको बारेमा अनुसन्धान जारी छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल ले तयार पारेको समाचार सामग्री ।