काठमाडौं -सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।
आईतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनु भएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनु भयो ।
उहाँले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि बताउनु भयो । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताउनु भयो ।