नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने बताउनुभएको छ ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको बताउनु भयो । उहाँले एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एक महिनाभित्र छानविनको लागि प्रक्रिया अघि बढ्छ, समिति बन्छ । सबै विपक्षीलाई एक ठाउँमा ल्याउन कोशिस गरेका हौँ । सम्भव भएन । एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले रोक्दैन ।’
उपमहासचिव पुनले छानविन समिति बनेपछि छानविन हुने र दोषीउपर कारबाही हुने बताउनु भयो ।