भक्तपुर जिल्लामा बिद्यालयहरुस्तरीय मादल प्रतियोगिता हुने भएको छ । जेन्यूइन सेकेण्डरी स्कूलको ३० औ वार्षिक उत्सवको अवसरमा प्रतियोगिता हुने मंगलबार स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइयो । साथै गायनमा राष्ट्रगीत (राष्ट्र प्रेम र राष्ट्रि भावनाले ओटप्रोट गीतहरु मात्र) प्रतियोगिता पनि हुने भएको छ । साथै सम्पदा संरक्षण र त्यससंग सम्बन्धित अध्ययन अनुसन्धानमा सक्रिय एक युवालाई ‘जेस सस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने कार्य गरिने भएको हो ।
पत्रकार सम्मेलनमा वार्षिकोत्सव मुल समारोह समितिका संयोजक योगेन्द्रमान विजुक्छेंले कार्यक्रमको उद्घाटन बुद्ध शिक्षा र दर्शनको सेमीनारबाट २५ असोजमा थालनी गर्ने तथा अन्य सम्पूर्ण कार्यक्रम र क्रियाकलापहरु कात्र्तिक १ गतेभित्र सम्पन्न गरी भव्य समापन समारोह तिहारको लगतै अथवा कात्र्तिक ८ वा १० गते सम्पन्न गर्ने योजन रहेको जानकारी गराए ।
वार्षिकोत्सवको क्रममा बुद्ध शिक्षा र दर्शनका विविध पक्षलाई समेटेर कलेज र स्कूलमा अध्यापन र लेखन कार्यमा सक्रिय शिक्षक लक्षित दुइदिने सेमिनार हुने पनि जनाइयो । साथै विद्यालयको स्थापना कालदेखि निरन्तर प्रकाशन हुदै आएको विद्यालयको बुलेटिन प्रकाशितमा प्रकाशित शिक्षक, विद्यार्थी तथा शुभचिन्तक बिद्धान मित्रहरुका आलेखहरुलाई संकलन गरी ५ छुटाछुटै पुस्तिकाहरुको प्रकाशन हुने पनि जनाइयो । साथसाथै, विद्यालयमा लामो समय सेवा गरेका शिक्षक तथा कर्मचारिहरुको सम्मान, समाजिक कार्यमा संलग्न तल्लोस्तरमा कार्य गर्दै आएका केही व्यक्तिहरुलाई सम्मान, वाद्यवादनमा १३ बर्षसम्म वा कक्षा आठ सम्मका विद्यार्थीहरुलाई सम्मान पनि गरिने जनाइयो ।
भक्तपुरमा मादल बजाउने प्रतियोगिता हुने