प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो

.

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पदबाट दिनुभएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ ।
आईतवार बसेको नगर कार्यपालिका बैठकमा उपप्रमुख सुनिता डंगोलले साहले महानगर प्रमुखको पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो । कार्यपालिका बैठकमा उहाँले महानगरको विकास र सुशासनको क्षेत्रमा दिएको योगदानका लागि धन्यावाद ज्ञापनको प्रश्ताव समेत पेश गर्नुभयो । नगर कार्यपालिका बैठकले शाहप्रति धन्यवाद ज्ञापन गर्ने प्रश्ताव पारित गरेको छ ।
कार्यपालिका बैठकमा डंगोलले भन्नुभयो, ‘महानगर प्रमुख बालेन्द्र शाहज्यूले आफ्नो कार्यअवधि भरी काठमाडौं महानगरपालिकाको विकास, सुशासन कायम र अन्य सकारात्मक कार्यका लागि उहाँलाई हामी सबैको तर्फबाट धन्यावाद ज्ञापन गर्दछौँ । उहाँले अगामी दिनमा पनि काठमाडौं महानगर सञ्चालनका लागि सल्लाह, सुझाव र सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेका छौँ । उहाँले अगामी दिनमा चाल्नुहुने पाइलाहरु सफल रहुन् भनि हामी सबैको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ ।’
प्रमुख साहले पदबाट राजीनामा दिएपछि कार्यवाहक प्रमुखको हैसियतले डंगोलले नगर कार्यपालिकाको बैठक आह्वान गर्नुभएको हो ।–न्युज एजेन्सी नेपाल