लतिलपुरको मानभवनमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ ।
शनिवार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सेन्टरको शुभारम्भ गरिएको हो । श्वासप्रश्वासका बिरामीलाई एउटै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ । सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षण, सिओपी, दम, क्षयरोग तथा अन्य दीर्घकालिन श्वासप्रश्वास रोगको उपचार, धुम्रपान त्याग परामर्श सेवा उपलब्ध रहेको छ । विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिकस्तरको प्रयोगशाला सुविधा तथा विरामीलाई सहज रुपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी समेत रहेको सेन्टरले जनाएको छ । सेन्टरले काठमाडौं उपत्यकाको मात्रै नभई देशभरबाट आउने बिरामीहरुलाई सेवा दिने लक्ष्य राखेको छ । सुर्तीजन्य पदार्थको सेवन, वायु प्रदुषणको कारण धेरै मानिसहरुमा श्वासप्रश्वासको समस्या देखिने गरेको छ । पछिल्लो समय कोभिड १९ को संक्रमण भएका बिरामीहरुमा पनि स्वासप्रश्वासको समस्या देखिन थालेको सेन्टरले जनाएको छ । – न्युज एजेन्सी नेपाल