इनिशा विकलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

.

इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । शान्तिपूर्ण रूपमा भेला भएका प्रदर्शनकारीहरूले राज्य प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । —न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल