काठमाडौं — Ncell ले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत एनसेल एप प्रयोगकर्ताहरूले प्रत्येक दिन १०० एमबी निःशुल्क डाटा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार प्रिपेड, पोस्टपेड तथा कर्पोरेट सबै प्रकारका ग्राहकहरूले यो सुविधा लिन सक्नेछन्। निःशुल्क डाटा प्राप्त गर्नका लागि प्रयोगकर्ताले एनसेल एपमार्फत नै अफर क्लेम गर्नुपर्नेछ।
डाटा लिनका लागि प्रयोगकर्ताले एप खोल्नु पर्नेछ, त्यसपछि “Buy Packs” सेक्सनमा गई “All Packs” विकल्पमा स्लाइड गरेर १०० एमबी निःशुल्क डाटा लिन सकिनेछ।
उक्त डाटा सोही दिन मध्यरातसम्म मात्र मान्य रहनेछ भने दैनिक एक पटक मात्र क्लेम गर्न पाइने व्यवस्था गरिएको छ।
एनसेलले डिजिटल सेवामा प्रयोगकर्ताको पहुँच बढाउने उद्देश्यले यो अफर ल्याएको जनाएको छ। कम्पनीले एप प्रयोग बढाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न यस्ता योजनाहरू सार्वजनिक गर्दै आएको छ।
एनसेल एप डाउनलोड गरी प्रयोगकर्ताले सहज रूपमा दैनिक निःशुल्क डाटा उपभोग गर्न सक्नेछन्।