राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ । रोल…
सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्याय क्षेत्रका गरी तीन वटा उपसमितिहरू पुनर्गठन गरेको समिति सभापति जयन्तीदेवी राईले बताउनु भयो । उहाँकाअनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ । उक्त समितिको सदस्यहरुमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन हुनुभएको छ भने उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहनुभएको छ । सभापति राईले सामाजिक न्याय उपसमितिको संयोजकमा रोशनी मेचे रहेको बताउनु भयो । उक्त उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरुपा शर्मा रहनुभएको छ ।
उहाँले भन्नुभयो, ‘आजको बैठकबाट हामीले तीन वटा उपसमितिहरुको पुनर्गठन ग¥यौं । संघीयता सबलीकरण उपसमितिको संयोजक माननीय श्रीकृष्ण प्रसाद अधिकारी, सदस्यहरु माननीय उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा, सदस्यहरु नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ रहनुभएको छ । र सामाजिक न्याय उपसमितिको संयोजक माननीय रोशनी मेचे, सदस्यहरु धर्मेन्द्र पासवान र मनरुपा शर्मा हुनुहुन्छ । हामीले अहिले तीन वटा संसदीय उपसमितिहरु पुनर्गठन गरेका छौँ । हामीले संघीयता सबलीकरण र राष्ट्रिय सरोकारसँग भएका विभिन्न कार्यक्षेत्रहरुको बारेमा अध्ययन गर्नुपर्नेछ । यी सबै कार्यक्षेत्रमा हाम्रो उपसमितिहरुले काम गर्नुपर्नेछ ।’
सभापति राईले पुनर्गठित संसदीयउपसमितिहरूले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न कार्यक्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पार्नेछन् । –न्युज एजेन्सी नेपाल