नेवाः चलचित्रको छायाँकन सम्बन्धि पाँच दिने कार्यशाला गोष्ठी सम्पन्न

.

नेवाः फिल्म चलचित्रको छायाँकन सम्बन्धि पाँच दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
चलचित्र छायाँकन सम्बन्धि विषयमा ख्याल राख्नुपर्ने विषयबारे जानकारी गराउने उद्देश्यले सो कार्यशाला गोष्ठी काठमाडौंमा आयोजना गरिएको हो । गोष्ठीमा चलचित्रको छायाँकनका क्रममा ख्याल राख्नुुपर्ने विषयबस्तुबारे विस्तृत रुपमा छलफल  गर्ने काम भएको वरिष्ठ चलचित्र छायाँकन निर्देशक माणिकरत्न तुलाधरले बताउनु भयो । चलचित्रमा छायाँकन महत्वपूर्ण विषय भएकाले त्यसबारे कार्यशालमा जानकारी लिने, दिने काम भएको उहाँकोभनाई थियो ।
वरिष्ठ चलचित्र छायाँकन निर्देशन तुलाधरले भन्नुभयो,‘चलचित्रमा छायाँकन महत्वपूर्ण काम हो । त्यसकारण फिल्म बनाउने बेला त्यसका दायाँवायाँ, अगाडि पछाडि चाहिने कुराहरु के के हो ? छाँयाकन गर्दा के के कुरामा ख्याल गर्नु पर्दछ ? किन छायाँकन गरिराखेको छु भन्ने कुराको विस्तृत रुपमा नभएपनि ेकेही न केही आधारभूत कुराहरु यो कार्यशाला गोष्ठीमा प्रश्तुत भएको जस्तो मलाई लाग्दछ ।’
कार्यशालामा चलचित्रको छायाँकनका प्रशिक्षार्थीहरुको उल्लेख्यहभागिता रहेको नेवा फिल्म सोसाईटीले जनाएको छ ।- न्युज एजेन्सी नेपाल