मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा

.

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ ।
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने र करिव २ लाख २६ हजार विपद्को जोखिममा रहेको प्राधिकरणकी सूचना अधिकारी शान्ती महतले बताउनु भयो । यही असार ५ गते (शुक्रवार) कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझैपनि कोशी प्रदेशमै कमजोर अवस्थामा रहेको छ । मनसुन देशभर सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मनसुनजन्य विपद्बाट हुने क्षति न्युनिकरण तथा प्रतिकार्यको लागि आवश्यक पूर्वतयारी भइसकेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी शान्ति महतकाअनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ स्वीकृत गरी सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा कार्यान्वयनका लागि पठाइसकिएको छ ।  मुलुकका अधिकांश स्थानीय तहले सोही कार्ययोजनालाई आधार बनाएर आफ्नै स्थानीय कार्ययोजना समेत तयार गरी कार्यान्वयनमा ल्याइसकेका छन् । सूचना अधिकारी महतले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको बताउनु भयो । २ लाख २६ हजार जनसंख्या मनसुनजन्य विपद्को जोखिममा रहेको समेत महतले जानकारी दिनुभयो । उहाँले प्राधिकरणले मनसुनसँगै खडेरी र अत्यधिक गर्मीबाट उत्पन्न हुनसक्ने जोखिमलाई समेत लक्षित गर्दै पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । उक्त योजनामा अत्यधिक गर्मीको अवस्थामा संघ, प्रदेश र स्थानीय तहका निकायहरूको जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट रूपमा तोकिएको बताउनु भयो । उहाँले तातो हावाको लहरको जोखिम कम गर्न समेत सबै तहका सरकारबीच आपसि समन्वय र सहकार्य भइरहेको बताउनुभयो । उहाँले यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेश प्रदेश मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित हुनसक्ने तथा कर्णाली प्रदेश तुलनात्मक रूपमा कम प्रभावित हुने अनुमान गरिएको बताउनु भयो । उहाँले सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धार सामग्री, राहत सामग्री र अन्य आवश्यक उपकरण विगत वर्षहरूको तुलनामा थप खरिद गरी विभिन्न स्थानमा भण्डारण गरिएको बताउनु भयो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति तथा गोताखोरहरू समेत तयारी अवस्थामा राखिएको महतको भनाइ छ । उहाँले प्राधिकरणले विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यका लागि ११ वटा मन्त्रालयबीच समन्वयको व्यवस्था गरिएको जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘मनसुनजन्य विपद्का कारण हुनसक्ने क्षति र खडेरी तथा अत्याधिक गमर्मीबाट हुनसक्ने प्रभावहरुलाई पनि न्युनिकरण गर्ने विषयमा हामीले सँगसँगै काम गरिहरहेका छौँ । मनसुन पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ कार्यकारी समितिबाट स्वीकृत गराएर सबै प्रदेश, जिल्लास्थित स्थानीय प्रशासन र पालिकाहरुमा पठाइसकेका छौँ । कतिपय स्थानीय तहले यही कार्ययोजनालाई नमूना कार्ययोजनाको रुपमा लिएर प्रत्येक स्थानीय तहले आआफ्नै कार्ययोजना समेत बनाएर कार्यान्वयनमा लगिसक्नुभएको छ । हामीले मनसुन कार्ययोजना तयार गर्नुभन्दा दुई तीन महिना अगाडि नै तातो हावाको लहर र खडेरी सम्बन्धि पूर्वतयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेर कार्यान्वयन रहेको छ । अत्याधिक गर्मी हुँदाखेरि कुन–कुन निकायको जिम्मेवारी के के हुने ? तीनै तहका सरकारले के के गर्ने ? लगायतका विषयमा उक्त कार्ययोजनामा उल्लेख गरेका छौँ । अहिले देशरभका स्थानीय तहहरुले उक्त कार्ययोजना कार्यान्वयनको चरणमा समेत लगिसक्नुभएको छ । यस वर्षको मनसुनमा करिब ५१ हजार घरधुरीहरु प्रभावित हुनसक्ने अनुमान गरिएको छ । त्यसमा पनि लुम्बिनी, कोशी र मधेस बढी प्रभावित हुनसक्ने देखिएको छ । देशका अन्य प्रदेशभन्दा कर्णली प्रदेश तुलनात्मक रुपमा कम प्रभावित हुने देखिएको छ । जनसंख्याको हिसाबले भन्दाखेरि मनसुनजन्य विपद्बाट करिव २ लाख २६ हजार जनसंख्या प्रभावित हुने देखिएको छ । प्रभावित क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्वतयारी स्वरुप हामीले खोज खोज, उद्धार तथा राहत सामग्रीहरु पनि विगत वर्षहरुभन्दा थप खरिद गरिएर थप व्यवस्थित रुपमा हामीले त्यसलाई पनि आआफ्नो यथास्थानमा भण्डारण गरिसकेका छौँ । यसँगै तालिमप्राप्त जनशक्तिहरु विशेषगरी तीनटा सुरक्षा निकायका जनशक्तिहरु र गोताखोर लगायतका ट्रेन्ड म्यानपावरहरु थप गरेका छौँ । मनसुन सक्रिय भइसकेपछि काम गर्नको लागि डेडिकेटेड टिमहरु आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामा नै हुनुहुन्छ । विपद्को प्रतिकार्य, राहत र उद्धारको लागि हामीले विभिन्न ११ वटा मन्त्रालयसँग समन्वय गर्ने भनेर कार्ययोजनामा नै उल्लेख गरेका छौँ । अर्को महत्वपूर्ण विषय भनेको विपद पर्दाखेरि नागरिकले सम्पर्क गर्ने नम्बर जुन ११४९ छ, त्यो केन्द्रीयस्तरमा मात्र उठ्थ्यो भने अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालयमै रहेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा नै उठ्ने गरी व्यवस्था गरेका छौँ ।’
विपद्का बेला नागरिकले प्रयोग गर्ने हेल्पलाइन नम्बर ११४९ को सेवा अब केन्द्रिय स्तरमा मात्र नभई ७७ वटै जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट समेत सञ्चालन हुने व्यवस्था मिलाइएको बताउनु भयो । विपद्को मनसुनी विपद्को जोखिम भएका क्षेत्रका नागरिकलाई समेत आवश्यक पूर्वतयारीसहित बस्न आग्रह गरेको छ ।–न्युज एजेन्सी नेपाल