सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन, कानूूनहरुले सशस्त्र प्रहरी बल नेपालको भुमिकालाई स्पष्टसँग सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।
लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त आवश्यकता औँल्याउनुभएको हो । सीमा सुरक्षामा परिचालित सशष्त्र प्रहरी बल नेपालको परिचालनलाई प्रभावकारी बनाउन लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन, कानूूनहरुले उनीहरुको भुमिका पनि स्पष्टता तथा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको भनाई थियो । उहाँले लागुऔषधि दुव्र्यसनीको नियन्त्रण तथा रोकथामका लागि परिचालित हुने निकायहरुलाई आधुनिक सोत साधनहरुको व्यवस्था हुनुपर्नेतर्फ पनि बताउनु भयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले तीन वटै तहका सरकारको नीति तथा कार्यक्रमहरुमा लागुऔषधलाईं प्राथमिकतामा राखि देशभरका वडाले प्रत्येक टोलहरुमा जनचेतनामूलक अभियानहरु सञ्चालन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘सीमा सुरक्षाका परिचालित सशस्त्र प्रहरी बल नेपालको परिचालनलाई प्रभावकारी बनाउन लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन, कानूूनहरुले सशष्त्र प्रहरी बल नेपालको भुमिकालाई पनि स्पष्टता तथा सम्बोधन गर्नुपर्ने देखिन्छ । विद्यालयका सबै तहका शैक्षिक पाठयक्रममा लागू औषध दुव्र्यशनी तथा यसका असरहरुको बारेमा अनिवार्य पठनपाठन एवं समाजका सबै तहमा सचेतना एवं जागरण ल्याउनुपर्ने पनि देखिन्छ । तीन वटै तहका सरकारका नीति तथा कार्यक्रमहरुमा लागुऔषधलाई प्राथमिकताका साथ देशभरी वडाले प्रत्येक टोलहरुमा जनचेतनामूलक अभियानहरु संचालन गर्नुपर्ने पनि देखिन्छ । लागुऔषधि दुव्र्यसनीको नियन्त्रण तथा रोकथामका लागि परिचालित हुने निकायहरुलाई आधुनिक सोत साधनहरुको व्यवस्था हुनुपर्ने पनि हामीले महशुस गरेका छौँ ।’
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विद्यालयका सबै तहका शैक्षिक पाठयक्रममा लागुऔषध दुव्र्यसनी तथा यसका असरहरुको बारेमा अनिवार्य पठनपाठन एवम समाजका सबै तहमा सचेतना एवं जागरण ल्याउनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल