लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने

.

काठमाडौं- लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

 

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताउनु भयो ।

 

प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्रतिवेदनको आधारमा आयोजनालाई अघि बढाउने गरी छलफल भएको बताउनु भयो । भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने बताउनु भयो । बोर्ड बैठकले १०० मेगावाटको तामाकोसी भी र ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको सिईओ भट्टले बताउनु भयो ।

News Agency Nepal