धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’

.

मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव ¥याली’ आयोजना गरिएको छ ।
वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो ¥याली निकालिएको हो । पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम गर्न नागरिक समाजले यो पहल गरेको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा दुई जनाको मृत्यु भएको थियो भने सिरहामा उत्पन्न धार्मिक विवादका क्रममा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको थियो । यी हिंसात्मक घटनाहरूका कारण तराईका केही जिल्लाहरूमा अझै पनि स्थिति तनावपूर्ण रहेको छ भने स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ । समाजमा द्वेष फैलिन नदिन र आपसी भाइचारा सुदृढ बनाउन नागरिक आन्दोलनले काठमाडौंमा ऐक्यवद्धता प्रदर्शन गरेको हो ।–न्युज एजेन्सी नेपाल