संघ र प्रदेशको चुनाव एकै चरणमा हुन्छ: अध्यक्ष प्रचण्ड

.

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशको चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

बर्दियामा पत्रकारसँग आज (सोमबार) उनले यस्तो बताएका छन् । कात्तिक मसान्त तथा मंसिर महिनाको पहिलो सातामा संघ र प्रदेशको चुनाव हुने गरी तयारी भइरहेको उनले जानकारी दिए।

स्थानीय चुनावजस्तै एकै चरणमा संघ र प्रदेशको चुनाव गर्ने तयारी भइरहेको भन्दै उहाँले प्रतिपक्ष पनि यहि समयमा चुनाव गर्ने भन्नेमा रहेको बताए।