काठमाडौं -शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
आईतवार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले राजीनामा दिनुभएको हो । उहाँले राजीनामा तथा विधाइ पत्रकार सम्मेलनमा बोल्दै बजेटका विषयमा उठेका प्रश्नको जवाफ र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्रीपदमा रहेको बताउनु भयो । मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गर्नु भयो । उहाँले पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न शुरु गरेको खुलाउनु भयो ।
मन्त्री झाँक्रीले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्ष प्रति गुनासो गर्नुभयो । उहाँले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको बताउनु भयो । पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताउनु भयो ।
उहाँले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भनेको पनि बताउनु भयो । झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद् छिट्टै पुनःगठन हुने बताउनु भयो ।