कविता :बाटोको डर

.

म हरेक साँझ देख्ने गर्छु

अध्यारो बाटो र उज्यालो

सडकको पुलमाथि मुकुन्डो

लगाएको एउटा मान्छे ।

 

ऊ पर्खिरहन्छ

अध्यारो,उज्यालो बाटोमा युवतीको  आगमन

र, हस्तमैथुन बाटै छरपस्ट पार्छ

आफ्ना शुक्रकिट ।

 

म हरेक साँझ सम्झने गर्छु

निर्मला, सम्झना र भागीरथीहरु ।

अब मलाई पनि लाग्न

थालिसकेको छ, पुल र अध्यारो बाटो

मेरो गोरेटो हैन ।

 

ए….. मान्छे जस्तै मान्छेहरु

हो

मैले गोरेटो बन्द गरौ कि

मेरो आफ्नै श्वास ..?!

कवि :बिमला रोक्का