राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्नु नहुने बताउनुभएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तरबिरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छायाँ पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरुले गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म यहाँ करिव करिव ४ वर्ष भयो । यहाँ अन्तरबिरोध र अन्तरसंघर्ष त्यस्तो देखिएन । सबै हामीले मेलमिलापकै बीचबाट ग¥यौँ । अब फेरि बिस्तारै प्रतिनिधि सभाको छायाँ यहाँ पर्छ जस्तो लाग्छ । यो पयो भने राष्ट्रिय सभाको अर्थ हुँदैन । राष्ट्रिय सभाको जुन गरिमा छ, राष्ट्रिय सभा अलिकति फरक हो । र यसले फरक पहिचान स्थापित गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । पल्लापटि रोके यहाँ पनि रोक्ने र त्यहाँ नारा लगाए यहाँ पनि नारा लगाउने र त्यहाँ जेजे गर्दछन्, यहाँ त्यस्तै गर्ने हो भने फोटोकपी मेसिनको दुई ठाउँ आवश्यक हुँदैन । त्यसकारण फरक ढंगले परिचालन गर्ने रुपमा नेता महोदयहरु सबैले सोच्नुपर्छ ।’
उहाँले २०१३ सालको कानून चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताउनु भयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवशयक रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल