रामेछाप-नेकपा एमाले रामेछापको तेस्रो पुर्ण बैठकले जिल्ला कमिटी सदस्य राकेश श्रेष्ठ प्रचार बिभाग प्रमुखको जिम्मेवारी दिएको छ।
श्रेष्ठ रामेछाप- सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष समेत हुने । पार्टीको तेस्रो पुर्ण बैठक बिहीबार नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले बताए । अध्यक्ष कडरियाले जिल्ला पार्टीको दोस्रो बैठक पछि भएका गतिविधि बारे जानकारी दिए । उनले पार्टी उपसचिव मखमली श्रेष्ठलाई स्कुक बिभाग प्रमुखको जिम्मेवार दिएको छ।
तेस्रो पुर्ण बैठकले वार्षिक कार्यक्रम बनाउनुको साथैविभिन्न संगठनको प्रमुख सहित वडा इन्चार्जको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरीयाले बताए ।
जनप्रतिनिधि समेत भैसकेको र पार्टीको उपसचिव पनि भएकोले स्कुल सुधारमा सहायता हुने अपेक्षा सहित श्रेष्ठलाई स्कुल बिभाग प्रमुख र श्रेष्ठलाई पार्टीको गतिविधि प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको अध्यक्ष कडेरीया बताए
अध्यक्ष कडेरियाले एमाले रामेछापले लिएको विपतको सूचनामा पहिलो, उद्धारमा पहिलो र सहयोगमा पहिलोको नीतिलाई कार्यान्वयन गर्न पार्टी सफल भएको बताए । त्यस्तै पार्टी सदस्यता नवीकरण, कार्यालय भवन निर्माण लगायतका काम निरन्तर अघि बढेको पनि जानकारी दिए । सञ्चार विभाग प्रमुख श्रेष्ठले जिल्ला पार्टीले दिएको जिम्मेवारीलाई स्विकार गर्दै पार्टी गतिविधिलाई जनतामा पुर्याउने बताए ।
बैठकमा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी, माधव ढुङ्गेल, गीता कार्की, एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, सदस्य आनन्द श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, रत्न गौतम, लब श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रेम तामाङ, दीपशिखा दाहाल, गङ्गा कार्की, माया कार्की, अर्जुन कार्की, प्रदेश लेखा अयोगका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, प्रदेश सल्लाहकार उपाध्यक्ष तुलप्रसाद कँडेल लगायत प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य र पालिका कमिटी अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।