भैँसीपाटीमा संजिवनी पार्क खण्ड –ख निर्माण सम्पन्न
ललितपुर ः ललितपुर महानगर वडा नं.२५ स्थित संजिवनी पार्कको खण्ड ख निर्माण सम्पन्न भको छ ।
उक्त पार्कको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाट गरे । ललितपुर महानगरमा ४० वटा भन्दा धेरै पार्क निर्माण सम्पन्न भइसकेको उनले बताए । उनले भने,‘पार्क निर्माको श्रृंखलामा यो पार्क थपिएको एक अर्को पार्क हो ।’ ललितपुर महागरको वडा नं.२५ मा नै रहेको संजीवनी पार्कको खण्ड – कको निर्र्माण सम्पन्न यस अघि नै भइसकेको छ । महानगर प्रमुख महर्जनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन महानगरले शसक्त रुपमा काम गरेको बताए । ललितपुर महानगर वडा नं.२५ का वडा अध्यक्ष दौलत विक्रम खत्रीले महानगरले विभिन्न वडामा बनाएको पार्कले सहरको सौन्दर्य बढाएको प्रष्ट पारे ।
खाली जमिनमा आकर्षक पार्क निर्माणले वडालाई सुन्दर बनाएको उनको भनाई थियो । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रवि विष्टले ७५ लाखको लागतमा संजिवनी पार्क खण्ड ख निर्माण सम्पन्न भएको जानकारी दिए ।