ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली भ्याली बनाउँछौँः प्रमुख महर्जन

.

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली भ्याली बनाइने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने काममा महानगर लागिपरेको बताउनु भयो । उहाँले सबै मिलेर काम गर्दा कठिन नभएको बताउनु भयो । आइटी क्षेत्रमा काम गर्नेहरुलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो छिटै कार्यान्वयन हुन्छ । ललितपुर महानगरपालिकालाई शिक्षाको हब भन्छ । तर अब हाम्रो टार्गेट के छ भन्दा ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली बनाउनको निमित्त हामी लागि परेका छौँ । यो खासै गाह्रो कुरा होला जस्तो मलाई लाग्दैन । त्यसैले हामी आज पुरस्कृत हुनुहुने र अन्यहरुसँग पनि आइसिटी क्षेत्रमा सहकार्य गर्न सदा सर्वदा तयार छौँ । हामी तपाईंहरुलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्दछौँ ।’

उहाँले शिक्षाको हबका रुपमा रहेको ललितपुर महानगरलाई सिलिकन भ्यालीका रुपमा अघि बढाइने प्रतिवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल