पोखरेलफाँटमा परम्परागत तरकारी वालीको प्रवर्धनका लागि कृषि तालिम, परम्परागत प्रणालीलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक छ : व्यास नगर प्रमुख न्यौपाने

.

तनहुँ । तनहुँको व्यास नगरपलिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परम्परागत खेती र यसको प्रणलीलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

व्यास नगरपालिकको सहयोगमा गोवर्धन शर्मा स्मृति कोष, कृषि अध्ययन अनुसन्धान कार्यक्रम अन्तर्गत व्यास नगरपलिका -१०, पोखरेलफाँटमा आयोजित परम्परागत अर्गानिक तरकारी वाली प्रवर्धन कृषि तालिमको सुरुवात गर्दे प्रमुख न्यौपानेले नगरपलिकाले परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न पालिका भित्रका किसानहरुलाई विभिन्न कार्यक्रम संचालन गरेको तथापी सोचेनुरुपको प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गरे ।

प्रमुख न्यौपानेले हाम्रा मौलिक विउ विजनहरु लोप हुँदै जाँदा कृषि प्रणालीमै असर पर्ने हो कि भन्ने चिन्ता देखिएकाले यसको संरक्षणका लागि स्थानीय कृषकहरुको भूमिका महत्वपूर्ण हुने बताए । गोवर्धन शर्मा स्मृति कोषका अध्यक्ष एवं संविधान सभासदस्य रामचन्द्र पोखरेलले परम्परागत कृषिलाई जोगाउन पर्छ भनेर कृषक र शिक्षकहरुलाई समेत तालिम प्रदान गर्दे आएको उल्लेख गरे । ज्ञान हस्तान्तरणमा शिक्षकको भुमिका प्रभावकारी हुने भएकाले उनीहरुलाई तालिम दिएको र यसले विद्यार्थी हुँदै अभिावकसम्म ज्ञान हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

व्यास नगरपलिका वडा नम्बर -१० का कृषक मनीराम पाण्डेले परम्परागत खेती जोगाउने चुनौती भैरहेका बेला यस्तो तालिम आफू जस्ता किसानहरुलाई लाभदायक भएको बताए । तालिममा व्यास नगरपालिका अन्तर्गतका ३० भन्दा बढी किसान र शिक्षकहरुको सहभागिता थियो । उद्दघाटन सत्रमा गण्डकी प्रदेशकी पुर्व सांसद सरिता गुरुङ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्क्ष डा. जगदिशचन्द्र पोखरेल, तनहुँ काँगेसका नेता समुन्द्र गोदार, संघीय सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रेस संयोजक प्रवीण पोखरेल, विभिन्न वडाका पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।