केही दिन भित्रै घोषणा पत्र सार्वजनिक गर्छाैं: प्रकाशशरण महत

.

काठमाडौं-सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

 

पार्टी केन्द्रिय कार्यालय सानेपा भर्खरै बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो । काँग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘केही दिन भित्रै घोषणा पत्र आउँछ ।

 

अव त्यसको मस्यौदा करिवकरिव तय भईसकेको छ । मस्यौदा तयार भईसकेको छ । आज यो घोषणा पत्रको विषय पनि होला । गठबन्धन तालमेलको कुरा यस भन्दा अघिको कार्य समिति बैठकमा जुन पास गरेको थियो । त्यसलाई व्यवहारिक रुपमा कसरी लाने भन्ने कुरा हिजो गठबन्धनबीच मोटामोटी सहमति भएको छ । त्यस विषयमा पनि जानकारी दिने कुरा होला । अव हामीसँग धेरै दिन छैन । ३ गते भित्र कुनकुन दलले के पाउने टुंगो लागेपछि आ–आफ्नो दलले भागमा पाएको उम्मेदवार तय गरेर निर्वाचनमा जानुपर्ने हुन्छ । त्यसमा जनाधारलाई मुल आधार बनाइएको छ ।’

News Agency Nepal