काठमाडौंको मेयरमा नेकपा एमालेले जित्छ: केपी ओली

.

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ ।

 

बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनु भयो ।

 

अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहा¥याउनु भयो । उहाँले काँग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताउनु भयो । उहाँले नोपली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘काठमाडौं एमालेले जित्नुपर्छ । र काठमाडौं एमालेले जित्छ ।

 

एमालेका उम्मेदवारहरुलाई काठमाडौंका सचेत जनताले विजयी बनाउनेछन् । राजधानीका सचेत जनता जसले नेपाली राजनीतिक परिवर्तनमा आजदेखि होइन, सचेतनाको शंखघोष आजदेखि गरेको होइन, यही काठमाडौंमा २०९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ ४ जनालाई राणाहरुले आफ्नो शासन टिकाउनका लागि फाँसी दिएका थिए र बलिदानको इतिहास काठमाडौंले त्यहाँदेखि कोर्दै आएको छ । ८२ वर्षअघिदेखि काठमाडौंले चेतनाको विगुल फुक्दै आएको छ । मैले अस्तिको दिन पनि भनेको थिएँ ।”