साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन

.

लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको छ ।
शनिवार राजधानी काठमाडौंमा एक समारोहकाबीच लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको र ती कथामार्फत मानवीय समवेदना तथा समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ केन्द्रित भइरहेका सन्दर्भलाई कथामार्फत प्रश्तुत गरिएको पनि बताउनुभयो । विशेषगरी आमाको भुमिका, माया र आवश्यकतालाई कथामार्फत प्रश्तुत गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यस लघुकथा सङ्ग्रहमा मानवीय समवेदना र समाजको प्रतिविम्व रुपमा उल्लेख गरिएको छ । यो सत्य घटनामा आधारित पनि छ । मानिसहरु पछिल्लो समयमा परिवार र आफन्तभन्दा पनि पैसाको पछि परिरहेको अवस्थामा जीवनमा आफन्त, विशेषगरी आमाको आवश्यकताको बारेमा उल्लेख गरिएको छ । यस लघुकथा सङ्ग्रहमा ४२ वटा कथाहरु छन् ।’
‘आमाको आँखा’लघुकथा सङ्ग्रहमा ४२ वटा कथा समावेश छन् ।–न्युज एजेन्सी नेपाल