युक्रेन जर्मनीसँग रणनीतिक ड्रोन उत्पादन गर्न तयारः परराष्ट्रमन्त्री

.

युक्रेनी परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले शुक्रवार युक्रेन जर्मनीको सहयोगमा रणनीतिक ड्रोन र मानवरहित उत्पादनहरू उत्पादन गर्न तयार रहेको बताउनुभएको छ । युक्रेनी परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले अन्ताल्या डिप्लोमेसी फोरममा यो घोषणा गर्नुभएको हो । युक्रेन अब रणाङ्गणमा जनशक्तिको सट्टा प्रविधिको प्रयोगमा केन्द्रित हुनेछ । विशेष गरी जर्मनीसँगको सहकार्यमा रणनीतिक ड्रोनको उत्पादन गर्ने योजना अघि सारिएको छ । उहाँकाअनुसार यसले सैनिकहरूको जीवन बचाउन मद्दत पु¥याउनेछ । युक्रेनले पहिले नै ठूला ड्रोनका प्याकेजहरू बेलायतबाट प्राप्त गर्न थालिसकेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।