विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजश्व बढ्छः उपाध्यक्ष मल्होत्रा

.

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताउनुभएको छ ।
हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च  रहेको बताउँदै उहाँले त्यस्तो कर घटाउनुपर्ने बताउनुभएको हो । आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजश्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताउनु भयो । उपाध्यक्ष मल्होत्राले भन्नुभयो–‘अहिले नयाँ सरकार गठन भएको छ र सरकारले महत्वकांक्षी योजना अघि सारेको छ । योजना अनुसार अर्थतन्त्रको आकारलाइ १०० बिलियन आगामी ७ वर्ष भित्रमा कुल गार्हस्थ्य उत्पादन बढाउने र प्रतिव्यक्ती आयलाई ३ हजार डलर पु¥याउने छ, त्यो सफल हुनसक्छ । त्यसको लागि हामी पनि सरकारलाई साथ दिन तयार छौँ ।  सरकारले हामीलाई साथ लिएर हिडे  पुरा गर्न सम्भव छ । यो बजेटको साइज हरेक वर्ष बढ्नुपर्छ भन्ने कुरा आयो । त्यो कुरालाई पनि हामी मान्छौँ । तर आजसम्म हामीले के देखेका छौँ भने हरेक वर्ष बजेट प्रस्तुत हुन्छ र न त रेभिन्यु नै उठेको देखिन्छ । जति उठ्नु पर्ने हो न खर्च नै पूरा भएको अवस्था छ । हरेक ६, ७, ८ महिनामा त्यसलाई फेरि रिभ्यु गर्ने घटाउने काम भएको छ । यथार्थपरक बजेट अहिलेसम्म आउन सकेको छैन ।’
सरकारले राखेको आगामी ७ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य महत्वाकांक्षी भएपनि पूरा गर्न सम्भव रहेको बताउनु भयो । त्यस्का लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उहाँको भनाइ छ ।  मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल