जात सोधेर कोठा नदिने घरबेटी विरुद्ध राजधानीमा युवाहरूको प्रदर्शन (तस्बिरहरु)

.

काठमाडौंका विभिन्न स्थानमा घर बहाल (कोठा) खोज्न जाँदा जातको आधारमा भेदभाव भोग्नुपरेको भन्दै युवाहरूको एक समूहले मंगलवार प्रदर्शन गरेका छन् ।‘जातिय छुवाछुत विरुद्धको अभियान’ अन्तर्गत उनीहरूले प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरूले ‘जात सोधेर विभेद गर्ने तिम्रो चेतना कुन जमानामा छ ?’, ‘जात सोधेर कोठा दिने घरबेटीलाई घर बहाल लगाउन निषेध गर’ र ‘तिमी सभ्य बन्ने कहिले?’ जस्ता सन्देश लेखिएका प्ले कार्डहरू प्रदर्शन गरेका थिए । अभियानले प्रधानमन्त्रीलाई समेत सम्बोधन गर्दै कर्णाली प्रदेश र त्यहाँका नागरिकप्रति गरिएका वाचा र अभिव्यक्तिहरू स्मरण गराएको छ । प्रदर्शनकारीहरूले सडकमै ब्यानर राखेर सांकेतिक विरोध जनाएका थिए । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल