काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर)

.

काठमाडौं महानगरपालिका वडा नं. १७, धोविचौरमा एक समारोहका बीच सामूहिक ‘कुमारी पूजा’ सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा स्थानीय के.के. महिला समूहको समन्वयमा आयोजित उक्त कार्यक्रममा १८८ जना बालबालिकाको सहभागिता रहेको थियो । नेवार समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई कुमार र कुमारीका रूपमा विधिपूर्वक पूजन गरिएको थियो । बालबालिकामा रहेको पवित्रता, शक्ति र दैवी स्वरूपको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासका साथ यो पूजा आयोजना गरिएको हो । सहभागी बालबालिकालाई परम्परागत विधिअनुसार पूजा गरी टीका, प्रसाद र सम्मान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरूले बालबालिकालाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने यस्तो पहलको प्रशंसा गरेका छन् । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल