सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

.

काठमाडौं- नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।

 

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबिच भेट भएको हो । डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी(डिआइपिडि)का कार्यकारी निर्देशक Lisbeth Pilegaard  को नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ Clara Halvorsen, डिआइपिडिका सहयोग र विकास प्रमुख Mathias Parsbaek, Skibdal र नेपाल प्रतिनिधि श्रृष्टि राणा हुनुहुन्थ्यो ।

 

News Agency Nepal