नायब सुब्बा प्रश्तावित संघीय ऐनबिरुद्ध आन्दोलित

.

काठमाडौं-सरकारकाले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् ।

 

सोमवार सिंहदरबार सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी विभिन्न निकायका सम्पूर्ण नायब सुब्बाहरुले आन्दोलन शुरु गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरुको माग रहेको छ ।

 

नायब सुब्बाहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरुले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यस्तै,नायब सुब्बाको मागलाई समेटेर तत्काल संघीय निजामति ऐन जारी गर्न समेत माग गरेका छन् । नायब सुब्बा बचाउ अभियन्ता नायब सुब्बा उत्तम कटुवालले प्रश्तावित संघीय निजामति ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नगर्दा अन्यायमा परेको बताउनु भयो ।

 

उहाँले नायब सुब्बाको लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको व्यवस्था हुनुपर्ने माग गरेपनि सरकारले माग सुनुवाई नगरेको गुनासो गर्नुभयो । नायब सुब्बाले राज्य सञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रश्तावित संघीय निजामति ऐनमा माग सम्बोधन नभए देशभर वृहत आन्दोलन गर्ने बताउनु भयो ।

News Agency Nepal